काठमाडौं । कलेजको होस्टेलमा विद्यार्थी र शिक्षकको रोमान्स कस्तो हुन्छ ? तपाई सहजै अनुमान लगाउन सक्नुहुनछ । होस्टलमा विद्यार्थीले शिक्षकले गरेको रोमान्स हेर्न समेत पाउनुहुनेछ ।
सुनिल रावलद्धारा दुर्गिश ब्यानरमा निर्मित चलचित्र ‘होस्टेल रिटन्र्स’ मा विद्यार्थीदेखि शिक्षकसम्मको रोमान्स हेर्न पाउनुहुनेछ ।
शिक्षक र विद्यार्थीले रोमान्स गरेको गीत ‘मुसुक्क हाँस्ने तिम्रो बानीले’ सार्वजनिक भएको छ । गीतमा नव कलाकार सहित निर्माता सुनिल रावल र नायिका दीया मास्के सम्मको रोमान्सलाई देख्न सकिन्छ ।
सुनिल र दीयासँगै सार्वजनिक गीतको भिडियोमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठलाई देख्न सकिन्छ ।
गीतमा स्वप्निल शर्माको स्वर, संगीत एवं शब्द छ । स्वरमा स्वप्निललाई श्रेया सोताङले साथ दिएकी छन् । कोरियोग्राफी गोविन्द राईको छ ।
हरी हुँमागाईले खिचेको दृश्य सुन्दर लाग्छ । इञ्जिनियर पढ्न होस्टेल बस्ने विद्यार्थीको विषय वस्तुमा आधारित रहेर निर्माण भएको फिल्म ‘होस्टेल रिटन्र्स’ लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।
वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘होस्टेल रिटन्र्स’ गतवर्ष प्रदर्शनमा सफल चलचित्र ‘होस्टेल’ को सिक्वेल हो ।
गीतमा रोमान्स गरेको भिडियो हेर्न यहाँ क्लिक गनुहोस् ।















प्रतिक्रिया