१ कार्तिक २०८३, आइतबार

भीभीआइपी र भीआइपीलाई सरकारी पैसामा विदेशमा उपचार गराउन अंकुश !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

healthकाठमाडौं, ७ चैत । राष्ट्रपति, प्रधानमन्त्रीसहितका मुलुकका कुनै पनि भीआईपीरभीभीआइपीले मुलुकमै निदान र उपचार हुन सक्ने खालको रोगका लागि राज्य कोषबाट रकम लिएर विदेश जान नपाउने भएका छन् ।

मुलुकमा उपचार र रोगको निदान हुन नसक्ने अवस्थामा मात्र चिकित्सकहरुको एउटा स्वतन्त्र वोर्डले विदेश जानुपर्नेप्रमाणित गरी सिफारिस गरेको खण्डमा मात्र राज्यले विशिष्ट व्यक्तिहरुलाई खर्च उपलब्ध गराउनेछ ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा मन्त्रिपरषदले मुलुकमा उपचार हुन सक्ने रोगको समेत राज्य कोषको रकमबाट विशिष्ट व्यक्तिहरुले विदेशमा गएर उपचार गर्ने बढो प्रवृत्तिमा रोक लगाउने निर्णय गरेको कान्तिपुर दैनिकले छापेको छ ।

यो निर्णयले वर्षेनी राज्य कोषबाट करोडौं रकम जोगिनुका साथै मुलुकको चिकित्साप्रतिको विश्वसनियतासमेत बढछ ।