काठमाडौं, ७ चैत । सात वर्षअघिसम्म निजामती सेवामा महिलाको उपस्थिति दर मुस्किलले आठ प्रतिशत मात्रै थियो ।
तर, हाल भने यो संख्या बढेर १७ दशमलव २९ पुगेको छ ।
आरक्षणसम्बन्धी व्यवस्थाकै कारण निजामती सेवामा महिलाको संख्या दोब्बर भएको सरकारी अधिकारीहरुको भनाइ रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
निजामती किताबखानाका अनुसार हाल निजामती सेवामा कर्मचारी संख्या जम्मा ८१ हजार ६ सय ५७ छ ।
जसमा पुरुषको संख्या ६७ हजार पाँच सय ४० र महिलाको संख्या १४ हजार एक सय १७ रहेको छ ।
यसअनुसार निजामती सेवामा पुरुषको उपस्थिति ८२ दशमलव ७१ प्रतिशत र महिलाको १७ दशमलब २९ प्रतिशत रहेको छ ।
सात वर्षअघि निजामती सेवामा महिलाको उपस्थिति ६ हजार मात्र थियो ।















प्रतिक्रिया