काठमाडौं, ७ चैत । क्यान्सरको उपचारपछि प्रधानमन्त्री सुशील कोइराला मोटाइएका छन् । उनको तौल ६ महिनामा १२ किलो बढेको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा करवीरनाथ योगीका अनुसार असोजसम्म कोइरालाको तौल ५२ केजी थियो ।
अहिले बढेर ६४ केजी पुगेको नयाँ पत्रिका दैनिकले छापेको छ । तर, तौल बढ्दै गएकोमा उनी खुसी छैनन् ।
‘बढ्दो तौलले उहाँलाई खुसी दिएको छैन्,’ डा. योगी भन्छन्, ‘यसरी तौल बढ्दै गयो भने थप समस्या होला भन्ने चिन्ताले पनि होला बेलाबखत तौल घटाउने उपाय सोधिखोजी गर्नुहुन्छ ।’















प्रतिक्रिया