१२ कार्तिक २०८३, बिहिबार

कसरी मनाए झलनाथ खनालले जन्मदिन ? यसरी बित्यो ६५ बर्ष

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalnath-Khanal1

काठमाडौँ, ६ चैत । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल शुक्रबारबाट ६६ बर्षमा प्रवेश गर्नुभएको छ ।

खनाल निवास डल्लुमा बिहानैदेखि शुभकामना दिनका लागि मन्त्री, पार्टीका कार्यकर्ता, राजदूतहरुको भीड थियो । राति अबेरसम्म पनि पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरु खनाल निवासमा पुगेका थिए । खनाललाई सामुहिक रुपमा बधाई दिन रुसी राजदूतहरुको टोली राति ९ बजेतिर मात्र खनाल निवास पुगेको थियो ।

एमालेका नेताहरुको बाक्लै भीड लागे पनि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालले भने जन्मदिनमा उहाँलाई उहाँलाई सम्झन भ्याउनुभएन ।

‘आजबाट म ६६ बर्षमा लागेँ । यो ६५ बर्षको अवधिमा राणाशासन ढल्यो, पञ्चायत ढल्यो, राजाको तानाशाही शासन ढल्यो । लोकतन्त्र, गणतन्त्र, समावेशशिता हामीले प्राप्त गरेका छौँ । हामीले नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक अवसर प्राप्त गरेका छौँ ।’, जन्मदिनको अवसरमा दैनिक नेपालसँग कुरा गर्दै एमाले वरिष्ठ नेता खनालले भन्नुभयो, ‘यी ६५ बर्षका जीवनलाई हेर्दा अत्यन्तै ऐतिहासिक हुन भन्ने लाग्छ । संविधान निर्माण गर्ने, स्थिरता र समृद्धितर्फ अब मुलुकलाई अगाडि बढाउनुपर्छ । जीवनका बाँकी बर्ष शान्ति स्थापना गर्ने, स्थिरता कायम गर्ने र समृद्धितर्फ अगाडि बढाउन लाग्नेछु ।’

६५ बर्षलाई फर्केर हेर्दा

एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा एकबर्ष र नेता माधवकुमार नेपाल भन्दा उमेरले तीन बर्ष जेठो हुनुहुन्छ, झलनाथ खनाल ।

वि.स २००६ साल चैत्र ६ गते पिता पुङ्गनाथ र मधुमाताको कोखबाट इलामको साँखेजुङमा उहांको जन्म भएको हो । खनालले बीएसम्मको अध्ययन गर्नुभएको छ । २०१९ सालबाटै प्रगतिशील बिचारधारातर्फ झुकाव देखाउनुभएका खनाल २०२२ सालमा मेची विद्यार्थी युनियनको अध्यक्षको जिम्मेवारी लिएर पुष्पलाल समूहमा आबद्ध हुनुभयो । सक्रिय राजनीतिको मनोकांक्षा राख्ने खनाल २०२२ सालमा बाग्लुङमा शिक्षण पेशामा आबद्ध हुनुभयो । तर, शिक्षक भएकै बेला २०२६ सालमा बाग्लुङबाट पक्राउ पर्नुभयो । २०२७ सालमा एमालेको इलाम जिल्ला कमिटि पुनर्गठन गर्ने क्रममा राजनीतिक सक्रियता सुरु गरेका खनाल २०३२ सालमा कोअर्डिनेशन केन्द्र गठनको प्रक्रियामा पनि सक्रिय हुुनुभयो । यसैले उहां कोअर्डिनेशन केन्द्रको केन्द्रीय सदस्य चुनिनुभयो । २०३२ साल माघ १७ गते कोर्डिनशेन केन्द्रको कार्यबाहक सचिव बन्नभएका खनालको पार्टीको नाम थियो, अनिल, नरेश र पंकज ।

राजनीतिमा सक्रिय रहंदारहंदै २०३३ सालमा पक्राउ परेका खनाल २०३७ सालसम्म बन्दी बन्नुभयो । रिहा हुनासाथ उहां केन्द्रीय समितिमा चयन हुनुभयो । केन्द्रीय सदस्य बनेको २ बर्षपछि अर्थात २०३७ सालमा उहां पार्टीको महासचिव बन्नुभयो । खनालले २०३९ साल देखि २०४६ सम्म झण्डै सात बर्ष पार्टी महासचिवको रुपमा काम गर्नुृभयो । २०४६ सालको महाधिवेशनले पोलिटव्युरोमा निर्वाचित खनाल २०४७ सालको अन्तरिम सरकारमा मन्त्री हुनुभयो । २०५८ र ५१ सालमा इलाम क्षेत्र न १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका खनाल २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा एमालेका तर्फबाट सूचना तथा संचारमन्त्री हुनुभयो । २ पटकसम्म सांसद बनेका खनालले २०५६ सालको निर्वाचनमा पराजय हुनुभयो । उहाँले संविधानसभा निर्वाचनपछि एमालेमा जान लागेको पहिरोलाई रोक्न आफ्नो क्षमता प्रदर्शन गर्नुभयो । २०६४ सालको संविधानसभाको निर्वाचन लगत्तै एमालेको महासचिव र आठौँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका खनाल प्रधानमन्त्री पनि बन्नुभयो । अहिले उहाँ एमालेको वरिष्ठ नेता हुनुहुन्छ । अनेक चुनौतीबीच पनि खनालले पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्नुभएको जस उहाँले पाउँदै आउनुभएको छ ।