रौतहट, ६ चैत । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले स्थानीय निकाय जनप्रतिनिधि नभएका कारण स्वास्थ्यलगायत विकास निर्माणका कार्य प्रभावित भइरहेको बताउनुभएको छ ।
सहरी विकास मन्त्रालय फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको आयोजनामा आज चन्द्रनिगाहपुरमा आयोजित ‘दिगो फोहोरमैला व्यवस्थापनका चुनौती तथा अवसर’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले स्थानीय निर्वाचन भएमा स्थानीय निकाय बढी मात्रामा जिम्मेवार र उत्तरदायी हुने बताउँदै निर्वाचन नहुँदाको परिणाम मुलुकमा विभिन्न समस्या सिर्जना भएको हो भन्नुभयो ।
उहाँले फोहोर व्यवस्थापन गर्न गाउँ गाउँ र नगरमा स्वास्थ्य अभियान तथा हरियाली प्रवद्र्धन, जलवायु अनुुकूलन तथा कौसी तरकारीखेती जस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव पनि दिनुभयो ।














प्रतिक्रिया