२९ आश्विन २०८३, बिहिबार

जड्याँह बनेर आमिर खान अर्काकी श्रीमतीसंग पल्किएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamir-khanमुम्बई । बलिउडमा मिस्टर पर्फेक्ट्निस्ट उपाधि पाएका अभिनेता आमिर खान अहिले चर्चामा छन् ।

चलचित्रमा जस्तोसुकै क्यारेक्टरमा आफुलाई पर्फेक्ट देखाउन माहिर आमिर अब जड्याँह बन्न लागेका छन् । आमिर जड्याँह बनेर अर्काकी श्रीमतीलाई सहयोग गर्ने भुमिकामा देखिँदैछन् ।

अहिले उनको फिल्म ‘दंगल’को बारेमा निकै चर्चा छ । ‘दंगल’मा उनी कुस्तीबाजको भुमिकामा देखिदैछन । जसका लागी उनले आफ्नो तौल बढाइरहेका छन । फिल्ममा उनी ९० केजीको बलिया कुस्तिवाजको रुपमा देखिनेछन ।

तर त्यसपछि भने उनी अर्को नयाँ फिल्ममा जड्याँहको रुपमा देखिने भएका हुन् । दंगलको काम सकिनेबितिकै उनी उक्त फिल्ममा ब्यस्त हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्मलाई आमिरकै म्यानेजर अदवित चौहानले निर्माण गर्न लागेका हुन । फिल्ममा टिनएज किशोरी र आमा हुन्छन जो आफ्नो पति र पिताको शोषणबाट हैरान भएर एक जड्याँहसंग मद्दतको लागी जान्छन । सोहि जड्याँहको भुमिका आमरिले निभाउनेछन ।

फिल्मलाई हालसम्मकै बलिउडको पृथक कथा भनिएको छ । फिल्मको हाल कथा लेख्ने काम भइरहेको छ । यसैवर्ष चलचित्रको निर्माण सुरु गरिने जनाइएको छ ।