२९ आश्विन २०८३, बिहिबार

अभिनेता शाहरुख खान घाईते, उपचार हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sharuka khan3मुम्बई । बलिउडका वादशाह अभिनेता शाहरुख खान घाईते भएका छन् ।

खुट्टामा गहिरो चोट लागेर अभिनेता शाहरुख केही दिन अगाडी घाईते भएका हुन् । घाईते कसरी भए भन्ने बारेमा खुलाइएको छैन् ।

शाहरुखले सामाजिक सञ्जालबाट आफू घाईते भएको र अस्पतालमा उपचार गराईरहेको बताएका छन् । उनले आफ्नो घाउको दुःखाई कम गर्न इन्जेक्सन लिइरहेको बताए ।

घाईते भएपनि शाहरुखले चलचित्र शुटिगं रोकेका छैनन् । निर्देशक मनीष शर्माको निर्देशनमा निर्माण भइराखेको चलचित्र फैनको शूटिंगमा शाहरुख घाइते भएर पनि लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४९ वर्षीय शाहरूखले भनेका छन् मलाई घाउले पीडा दिएको छ । तर पनि म आफ्नो काममा लगनशीलताका लागि रहेको छु ।

मलाई काम छाडेर आराम गर्न मन लाग्दैन् । चलचित्र फैन यसवर्षको अन्तिमतिर रिलीज हुने जनाइएको छ ।