१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कोइराला अस्वस्थ, रगतमा अक्सिजनको कमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Boardकाठमाडौं, ६ चैत । प्रधामन्त्री सुशील कोइराला शरीरमा अएक्कासि अक्सिजनको मात्रा घटेपछि अस्वस्थ भएका छन् ।

केही दिनदेखि रुघाखोकीले च्यापेका कोइरालाको रगतमा अक्सिजनको मात्रा हुनुपर्नेभन्दा कम पाइएपछि उनले कृत्रिम अक्सिजन लिन थालेका छन् ।

‘रुघाखोकीले गर्दा रगतमा अक्सिजनको मात्रा केही घटेको हो,’ प्रधानमन्त्रीका निजी चिकित्सक करिवीनाथ योगीले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था ठीक छ ।’

कोइराला बिरामी परेपछि दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकिएको मन्त्रिपरिषदको बैठक बालुवाटारमा सारिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । केहीदिनदेखि कोइराला अस्वस्थ्य देखिएका थिए ।