अङ्कारा, ५ चैत । आतङ्ककारी समूह आइएसमा भर्ती हुन हिँडेकी ब्रिटिस महिला टर्कीमा पक्राउ परेको समाचार छ । उनी सिरिया जान हिँडेकी थिइन् ।
सिरियामा आइएस सङ्गठनमा भर्ती जारी रहेको र त्यहाँ आफूपनि जान लागेको जानकारी उनले दिएकी थिइन् । उनले यो बयान दिएपछि उनलाई स्वदेश फर्काइएको छ ।
सिरिया जान हिँडेकी उनलाई सोही आशङ्कामा सोधपुछ गरिएको र जसका कारण उनलाई स्वदेश फिर्ता गरिएको हो ।
जलिला नाद्रा नाम गरेकी २२ वर्षीया ती युवतीलाई टर्कीस प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको र पछि त्यहाँबाट स्वदेश फर्काइदिएका थिए ।
यसअघि पनि विभिन्न युरोपेली देशबाट आइएसमा भर्ती हुन भन्दै गएका कयौँ महिलालाई टर्कीमा नै पक्राउ गरी स्वदेश फर्काइएको थियो । रासस/सिन्ह्वा













प्रतिक्रिया