गोलबजार (सिरहा), ५ चैत । लहान नगरपालिका– ३ मा आगलागीबाट तीन घर जलेर नष्ट हुँदा करिब रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार राति ८ः३० बजे भएको आगलागीबाट मो आलम मियाँको ग्यारेज जलेर नष्ट भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन ।
“आगलागी भएको आधा घन्टापछि मात्र लहान नगरपालिकाको वारुणयन्त्र आएको थियो, त्यतिबेलासम्म आगोबाट घर, ग्यारेज र उक्त ग्यारेजमा रहेका हरेक सामान जलिसकेको थियो” प्रत्यक्षदर्शी राजेश विद्रोहीले भन्नुभयो । रासस















प्रतिक्रिया