काठमाडौं, ५ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरूवाको निर्णय प्रधानमन्त्री सुशील कोइरालाको हस्तक्षेपपछि २४ घन्टा नबित्दै उल्टिएको छ।
गृह मन्त्रालयले उपप्रधान तथा गृहमन्त्री गौतमको मन्त्रीस्तरीय निर्णयबाट ३ फागुनमा विभिन्न २८ सिडियओको पदस्थापन तथा सरूवा गरिएको थियो।
२८ जनामध्ये मोरङका सिडिओ गणेशराज कार्कीको सरूवा प्रधानमन्त्रीको दबाबपछि रोकिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
कार्कीलाई मंगलबार मोरङबाट मकवानपुर सरूवा गरिएको थियो।
तर प्रधानमन्त्रीको दबाबपछि गृहले उनलाई मकवानपुरमै दरबन्दी राखेर काजमा मोरङ पठाएको नयाँ पत्रिका दैनिकले छापेको छ।
उदयपुरका सिडिओबाट मोरङ सरूवा भएका रामप्रसाद थपलियाको दरबन्दी मोरङमा नै राखेर उनलाई काजमा मकवानपुर पठाइएको गृहले जनाएको छ।















प्रतिक्रिया