काठमाडौं, ५ चैत । यसवर्षको एसएलसी बिहीबारदेखि हुदैछ । ८१ औं पटकको एसएलसीमा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
बिहीबार अनिवार्य अंग्रेजी बिषयको परीक्षा नियमित तर्फ प्राविधिक बिषयका विद्यार्थी सहित ४ लाख २९ हजार ५ सय २ र एक्जाम्टेड तर्फ १ लाख ४५ हजार १ सय ८१ विद्यार्थीले परीक्षा दिदै छन् ।
परीक्षा नियन्त्रण कार्यालयले यसपालीको परीक्षा व्यवस्थित गर्न प्रश्नपत्रमा अनिवार्य सिम्बोल नम्बर लेख्नु पर्ने र दृष्टि विहीनलाई ९ कक्षाको सहयोगी राख्ने नयाँ व्यवस्था गरेको छ ।
त्यस्तै एसिड आक्रमणबाट घाइते भएकी संगिता मगरलाई सहयोगी राख्ने व्यवस्था मिलाएको काठमाडौंका जिल्ला शिक्षा अधिकारी बालकृष्ण रञ्जितले बताए ।
गुहेश्वरी केन्द्रबाट एक जना निरिक्षक र एक प्रहरी खटाइने उनले बताए । बीर अस्पतालमा उपचार गराई राखेकी सिमा बस्नेतलाई भने सहयोगी नचाहिने भएको कान्तिपुर दैनिकले छापेको छ ।
काठमाडौंमा ९१ परीक्षा केन्द्रबाट ३४ हजार ५ सय ८७ ले परीक्षा दिदै छन् । त्यसमा ७ जना विदेशीले पनि छन् ।
रञ्जितका अनुसार चपलीको गणेश माविबाट २ जना पाकिस्तानी र १ जना फिलिपिनो, बालव्यवसायी मावि सिफलबाट नोबल एकाडेमीका कोरियन विद्याथी १ जना छन् ।
अरुनिमा उच्च मावि जोरपाटी १ जना, शान्ति निकन्जमावि भगवती बारी १ जना र शिवपुरी उच्च मावि बालुवाटारबाट १ विदेशी छन् ।
यी तीन जना मध्ये २ जना चाइनिज र र एक जना कोरियन छन् ।
उपत्यकाको विभिन्न कारागारबाट ५७ जना कैदीले परीक्षा दिदै छन् ।
त्यसमा ललितपुरको नख्खु कारागारबाट २३ जना, केन्द्रीय कारागारबाट १५ जना र डिल्लीबजार कारागारबाट ७ जनाले परीक्षा दिदै छन् ।
त्यस्तै कानुन बिराएर बालसुधार गृह सानोठिमीमा रहेका १२ जनाले पनि परीक्षा दिदै छन् ।
रञ्जितले यस बर्ष परीक्षा अनुगमनका लागि १६ वटा समूह बनाएको बताए ।
त्यसमा शिक्षा कार्यालय, जिल्ला प्रशासन, शिंक्षक संघर संगठन, प्याब्सन, एन प्याब्सन, इसान, इष्टु लगाएका प्रतिनिधि राखिएको छ ।
समाचार संकलनका लागि पत्रकारलाई पास नचाहिने व्यवस्था गरेको रञ्जितले बताए ।
‘परिचयपत्र भएपछि पत्रकारलाई जुनसुकै केन्द्रमा पनि जान पाइने व्यवस्था गरेका छौ’, उनले भने, ‘कसैले रोकतोक गरे मलाई फोन गरे हुन्छ ।’
काठमाडौं २३ स्रोत केन्द्र प्रमुखलाई आफनो भन्दा अन्यत्रै खटिइएको छ ।
नोटिसबोर्डबाट जानकारी
पश्नपत्रमा कुनै त्रुटी भएमा परीक्षा नियन्त्रण कार्यालयको नोटिस बोर्डमा सूचना राख्ने भएको छ ।
कार्यालयको १६१८०१६६३११४६ नम्बरमा डायल गरेपछि कुन प्रश्नमा के गल्ती भएको त्यो थाहा पाइने परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले बताए ।
‘परीक्षा केन्द्रमा प्रश्नपत्र खोले संगै हामीले पनि साढे सात बजे पोका खोल्छौ’, उनले भने, ‘विज्ञहरुको समूह सहित बसेर प्रश्नपत्रको पोका खोलेपछि कुनै प्रश्न गलत भएको रहेछ भने के हुनु पर्ने हो, के भयो भनेर सूचना राख्छौ ।’
प्रश्न गलत हुदा उत्तर फरक नपरोस भनेर यस्तो व्यवस्था गरेको हो ।















प्रतिक्रिया