३० आश्विन २०८३, शुक्रबार

रसुवाबाट जनता बैकको काउण्टर नहटाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janata-bank-limitedरसुवा, ४ चैत । रसुवाको दक्षिणी क्षेत्रका ठूलो समूदायका लागि बैकिङ्ग सेवा प्दान गर्ने उद्देश्यले खुलेको जनता बैंक नेपाल लिमिटेडको एक्टेन्सन काउण्टर बिना जानकारी हटाउन खोजेको भन्दै स्थानीयले नहटाउन माग गरेका छन् ।

चारवर्ष अघि चिलिमेको सेयर निस्काशनको समयमा जनतालाई लगानी मैत्री वातावरण तयार गरी कालिकास्थानमा शाखा स्थापना गर्न माग भए पछि दुईवर्ष अघि काउण्टरस्थापना भएको तर बिना जानकारी तथा बिना कारण काउण्टर हटाएर नुवाकोटमा शाखा खोल्न लागेको प्रति स्थानीयवासीले ज्ञापन पत्रमार्फत काउण्टर नहटाउन माग गरेका हुन्

रसुवाको दक्षिणी क्षेत्रका ८ गाविसका नागरिकलाई बित्तिय सुविधा प्रदान गर्न खुलेको काउण्टर भित्री रुपमा हटाउने तयारी भएको भन्दै स्थानीय हस्ताक्षर ७ सय ८५ जनाले हस्ताक्षर गरी नेपाल राष्ट्र बैकलाई समेत बोधार्थ दिएर काउण्टरमा ०७१ फागुन ३ गते एक ज्ञापन पत्र पेस गरेका हुन् ।

बजारको माग अनुसार सर्वे गरेर आउने तर बिना सूचना सहकारीसँग मर्ज गरेर आन्तरिक रुपमा कसरी र किन बैंक हटाउने स्थानीय नबराज न्यौपाने भने ‘जनतालाई सेवा दिने भनेर स्थापित बैकको शाखा कालिकास्थानमा हुनु पर्ने अवस्थामा काउण्टर किन हटाउने । ’

रसुवा जिल्लाको दक्षिणी क्षेत्र कालिकास्थानमा बित्तिय कारोवबर गर्ने कुनै पनि बैकको शाखा नहुँदा सर्वसाधारण मर्कामा पर्ने भएका छन् ।

विद्युत मशहसुल बुझाउन महसुल भन्दा बढि बाटोखर्च गरेर त्रिशूली धाउनु पर्ने बाध्यता हटाउने कामजनता बैकको काउण्टरले गरेको थियो ।
कुनै बैक नभएको ठाउँमा काण्टर राखेर बिद्युत महसुल लिने गरेकोमा अब पुनः विद्युत महसुल तिर्न अप्ठ्यारो पर्ने र वित्तिय कारोवार गर्न समेत असुबिधा पुग्ने भएकोले स्थानीयवासीले काउण्टर हटाउने होइृन शाखा नै खोल्नु पर्ने माग गरेका हुन् । एक्सटेन्सन काउण्टरका सूर्यकान्त न्यौपानेले भने काउण्टर हट्न लागेको जानकारी दिए ।