मुम्बई । २०१४ मा एक्सन ज्याक्सन फ्लप भएपछि बलिउड अभिनेता अजय देवगन अहिले नयाँ चलचित्रको निर्माणका व्यस्त छन् । उनले निर्माण गर्ने भनिएको चलचित्र शिवायको अहिले छायाङकलन रोकिएको छ ।
अजय अब नयाँ चलचित्रमा काम गर्दैछन् । उनी मलयालम चलचित्र ‘दृष्यम’ को हिन्दी रिमेकमा काम गर्न लागेका हुन् । यो थ्रिलर चलचित्र हो । अजय देवगन मूल चलचित्रमा मोहनलालले निभाको भूमिकामा देखा पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो एउटा यस्तो पतिको कहानी हो जसमा श्रीमती र सानी छोरीले आफ्नो रक्षाका लागि एउटा अपराध गरेका छन् ।
श्रीमती र छोरी बचाउनका लागि श्रीमानले एउटा अनौठो योजना बनाउँछन् । अजय देवगनको श्रीमतीको भूमिका निभाउनका लागि भारतीय हिरोइन/मोडल श्रेया सरन चुनिएकी छन् ।
हट अभिनेत्री श्रेया दक्षिण भारतकी ख्यातिप्राप्त नाम हो । केही हिन्दी चलचित्रमा पनि उनले काम गरिसकेकी छन् । तर, उनको हातमा सफलता भने परेको छैन ।
शायद यही चलचित्रको माध्यमबाट उनी सफलता हात पार्ने तयारीमा छिन् । चलचित्रमा तब्बुले एउटा कपको भूमिका निर्वाह गर्ने छिन् । चलचित्र २०१५को अन्त्यतिर प्रदर्शन हुने जनाइएको छ ।















प्रतिक्रिया