काठमाडौं, ४ चैत । डन दिनेश अधिकारी ‘चरी’ प्रहरीसँग मुठभेडमा मारिएपछि कम भएको गुन्डागर्दी फेरि मौलाउन थालेको छ ।
सक्रिय हुन थालेको सूचना पाएपछि प्रहरीले गुन्डाविरुद्द अपरेसन सुरु गरेको छ ।
प्रहरीले मंगलबार काठमाडौंमा सक्रिय गुन्डाका दुई नाइकेलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले चक्रपथ क्षेत्रमा सक्रिय दीपक तालु तथा काभ्रेली समूहका सञ्जीव स्याल भनिने सञ्जिव लामालाई पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
प्रहरीले सोमबार पनि नक्सालका सञ्जय डंगोललाई पक्राउ गरेको थियो ।
पूराना डन राजु गोर्खालीलाई दुई साताअघि पक्राउ गरी चेतावनी दिएर प्रहरीले छाडेको छ ।
गुन्डा सक्रिय हुन थालेकाले केहीलाई पक्राउ गरिएको र केहीलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको महाशाखाका एसएसपी पुष्कर कार्कीले बताए ।
‘केही गुन्डाले आफ्नो गतिविधि बढाएको सूचना पाएका छौं,’ एसपी कार्कीले भने,‘गुन्डाका जराहरु उखेल्नेतर्फ हामी लागेका छौं ।’
अपराध महाशाखाले २७ फागुनमा टेन्डरमा गुन्डागर्दी गर्ने सात जनालाई पक्राउ गरेको थियो ।















प्रतिक्रिया