– रबिना बोहरा
बागलुङ, ३ चैत । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सीनाले दलहरु साझा संकल्पमा गए मात्र संविधान निर्माण हुन सक्ने बताउनुभएको छ ।
नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ को चुनाव व्यवस्थापनको लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाले पार्टी भित्रको आन्तरिक एकता नै उपनिर्वाचन विजयीको पहिलो आधार भएको बताउनुभएको छ ।
तिमिल्सीनाले सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेले स्थानीय तथा राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई मतदाताले न्याय गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
सहमति जुटन नसकेका विषयलाई भविष्यमा जनमत संग्रहमा लाने गरी जेठ १५ भित्र संविधान जारी गर्नुपर्ने उहाँको भनाई थियो ।
एमाले सहमतीय संविधान जारी गर्ने विषयमा आत्याधिक लचिलो बनेको उहाँले बताउनुभएको थियो ।
सविधान सहमतिको दस्तवेज भएको बताउँदै उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलबीच अधिकतम सहमति गरेर संविधान जारी गर्न बताउनुभयो ।सहमतिको अन्तिम प्रयास विफल प्रक्रियाको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै एमाले उम्मेदवार मना केसीले नीतिगत सुधार, सामाजिक, आर्थिक, शैक्षिक र भौतिक विकासमा जनतासँग हातेमालोे गर्ने मौका क्षेत्र नम्बर १ का मतदाताले प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्षेत्रीय अध्यक्ष लालबहादुर थापा र संचालन प्रचार संयोजक रामबहादुर जिसीले गर्नुभएको थियो ।
















प्रतिक्रिया