२९ आश्विन २०८३, बिहिबार

मिष्टर एण्ड मिस लिटिलको उपाधि राशि र अंकुरनको पोल्टामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनमा पहिलो पटक आयोजना भएको मिष्टर एण्ड मिस लिटिल चितवन २०१५ को उपाधि अंकुरन बमजन र राशि विडारीको पोल्टामा परेको छ ।

गत शनिवार टाडी होटल गंगोत्रिमा राति अवेर सम्म जारी प्रतियोगितामा फ्रष्ट रनर अप गौरी भन्तना, सफल सापकोटा, सेकेण्ड रनरअपको उपाधि मंयक घले, नसिव सुनार, मारियन भण्डारी, सेज्मा भट्ट क्षेत्रीको पोल्टामा परेको छ ।

प्रतियोगितामा रिजन तामाड र आरुष लामिछानेले थर्ड रनर अप को उपाधि पाए ।

प्रतियोगितामा मिष्टर तर्फ रिजन तामाङ, सफल सापकोटा, दिगन्त बर्ताेला,नसिव सुनार, मंयक घले, सम्यमसिस घोष, स्र्पश पाठक, अंकुरन बमजन, राजिव पौडेल अंकित अर्याल उत्कृष्ट दशमा परेका थिए ।

यस्तै, स्वस्ती रोकाहा, इशा सापकोटा, मिंमासा लक्ष्मी राना, गौरी भन्तना, मारियन भण्डारी, राशि विडारी, शिवानी पौडेल, साइशा शर्मा, चाहाना डल्लाकोटी, सेज्मा भट्ट क्षेत्री मिस तर्फ उत्कृट दशमा परेका थिए ।

चितवनमा पहिलो पटक सौन्र्दय प्रतियोगिताको आरम्भ गरेको मञ्जरी ग्रुप प्रा.लिको आयोजनामा भएको प्रतियोगितामा युवा व्यवसायी अनिल अधिकारी, मिस एरोमा चितवन २०१३ इशा प्रधान, म्यान हण्ट नेपाल २०१२ का सेकेण्ड रनर अप विकेश श्रेष्ठ निर्णायक रहेका थिए ।

प्रतियोगिताको कोरियोग्राफी बिशाल आले मगरले गरेका थिए । प्रतियोगितामा एसियन किड्स मन्टेश्वरी, सुनगाभा बाल संसार, स्काप किड्स कसमस, लिटिल किड्स मन्टेश्वरी, आमा मन्टेश्वरी र किड्स प्लानेट मन्टेश्वरीमा अध्ययन गर्ने २ देखि ६ बर्ष सम्मका ५० जना बालबालिका सहभागीता जनाएका थिए ।