– शिबलाल सुबेदी
गुल्मी ३ चैत । हालै सम्पन्न दोस्रो गुल्मी महोत्वसले गुल्मेलीहरुलाई फाईदा नदिई बाहिरी व्यक्तिहरुलाई फाईदा पुगेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले विरोध जनाएको छ ।
नेकपा माओवादी गुल्मी जिल्ला सेक्रटरी विष्णु पन्तद्धारा जारी विज्ञप्ती मार्फत गुल्मी महोत्सवको विरोध जनाईएको हो ।
विज्ञप्तीमा दोस्रो गुल्मी महोत्सव कृषि, पर्यटन, ब्यापार जस्ता पक्षहरुको बिकास र प्रबर्धन गर्ने भनिएता पनि समग्रमा ती कुनै पनि उद्देश्यहरु पुरा हुन नसकेको बिज्ञप्तीमा आरोप लगाईएको छ ।
यो महोत्सव खास गरी कृषि, पर्यटन र ब्यापारको बिस्तार गरी समग्र जिल्लाको हितका निम्ती आयोजना गरिएता पनि त्यसो हुन नसकी एउटा समुहको सामान्य सांस्कृतिक मेला जस्तो हुन गएको नेकपा माओवादीको ठहर रहेको छ ।
बिज्ञप्तीका अनुसार-‘जसको परिणाम स्वरुप गुल्मेली जनताहरु सँग उठाएको ९० प्रतिशत भन्दा बढी पैसा बिभिन्न बाहनामा बाहिर पलायन हुन पुगेको छ ।’ -‘स्थानिय कला, सँस्कृती र उत्पादनलाई प्रोत्साहन गर्नुको साटो महङ्गो मुल्यमा अनाबस्यक रुपमा बाह्य कलाकार र बस्तुहरु भित्राई जिल्लाको पुँजीलाई बाहिर पलायन भएको छ ।’
यस जिल्लाका जनताहरुलाई आगलागी, बाढीपहिरो अन्य बिपद र समस्याहरु पर्दा एकादुई हजार रुपियाँ सहयोग गर्न बिभिन्न बहाना बनाउने तर एउटा साँस्कृतिक कार्यक्रमका लागि लाखौ रुपैया बिनियोजन गरी राज्यकोषको दुरुपयोग गरिएको नेकपा माओवादी बिप्लव पक्षको आरोप रहेको छ ।
त्यस्तै माओवादीले दोश्रो गुल्मी महोत्सवका लागि आर्थिक सहयोग गर्ने आश्वासन दिएका सम्बन्धीत निकायहरुलाई त्यसो नगर्न पनि माग गरेको छ ।
महोत्सवका नाममा उठेको सम्पूर्ण हिसाब किताबको पारदर्शी तरिकाले जनताहरुलाई सु–सुचित गर्नका लागी समेत आयोजक संग उसले आग्रह गरेको छ ।
फागुन २२ गते देखि चैत्र १ गते सम्म चलेको दोश्रो गुल्मी महोत्सवमा एक जना कलाकारले एक दिनको दश हजार देखि ७५ हजार सम्म पारिश्रमिक लिएका थिए ।
यस आरोपका सम्वन्धमा दोश्रो गुल्मी महोत्सव आयोजक समितिका संयोजक एवं गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेसंग सम्पर्क राख्दा बैठक बसेर मात्र प्रतिक्रिया दिने बताउनुभयो ।
















प्रतिक्रिया