– शिबलाल सुबेदी
गुल्मी ३ चैत । जिल्ला शिक्षा कार्यालय गुल्मीले विगतका बर्षहरूमा भन्दा यो बर्षको एसएलसीलाई केही फरक बनाउने तयारीका साथ २७ बुँदे आचारसहिंता माताहतमा लागू गरेको छ ।
होम सेन्टर नरहने गुल्मीमा जुन विद्यालयमा परीक्षा सञ्चालन गर्ने हो त्यही विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष र अरू शिक्षकहरूलाई निरीक्षकको रूपमा शिक्षा कार्यालयले नियुक्त गरेको छ ।
जिल्ला शिक्षा अधिकारी डाक्टर भोजराज काफ्लेले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गरेर २७ बुँदे आचार संहिताको बारेमा जानकारी दिनुभएको छ ।
साथै उहाँले अघिल्ला बर्षहरुमा यस बर्षको एसएलसी परिक्षामा केही फरक गर्ने कोशिस समेत गरेको बताउनुभयो । ‘स्वच्छताको हिसाबले गुल्मीको परिक्षा विगतका बर्षहरू देखि नै राम्रो हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले सकेसम्म बिद्यार्थीले जानेको कुरा कापीमा लेख्न सक्ने वातावरण बनाएका छौँ ।’
एसएलसी परीक्षाको नाममा हाउगुजी धेरै हुने भएकोले विद्यार्थीहरूलाई त्यस्तो वातावरणमा अभ्यस्त गराउन नहुने उहाँको भनाई रहेको थियो ।
तर विद्यार्थीले कुनै अमर्यादित कृयाकलाप गरेमा उसको परीक्षा सोझै रद्द हुने ब्यवस्था मिलाईएको समेत शिक्षा अधिकारी काफ्लले जानकारी दिनुभयो ।
‘यो बर्ष एउटै बिद्यालयका शिक्षकहरूबाट परिक्षा चलाउने तयारी भएको छ,’ ‘यसले अरू बिद्यालयहरूको पढाईमा असर पर्दै र जाँच हुने बिद्यालय तथा त्यहाँका शिक्षकहरूको सम्मान हुन्छ ।’
होम सेन्टर नहुँदा एउटै बिद्यालयका शिक्षकले परिक्षा सञ्चालन गर्दा पनि परिक्षा अमर्यादित हुने डर नरहेको बताउनुभयो ।
एसएलसीका लागि सुरक्षा, अनुगमन, परीक्षामा सहभागी हुने कर्मचारीहरूलाई तालिम लगायत सबै बिषयको बारेमा जानकारी गराइएको भन्दै उहाँले ‘हामीले सानका साथ जुत्ता पड्काउँदै परीक्षाहल प्रवेश गर्दा विद्यार्थीको मानसिकता विग्रन पनि सक्छ,’ उहाँले भन्नुभयो ‘त्यसैले यो बर्ष लेख्ने वातावरणमै बढ्ता ध्यान दिएका छौँ ।’
त्यस्तै प्रत्येक केन्द्राध्यक्षले हरेक दिन मौखिक र जाँच सकिएपछि लिखित प्रतिबेदन शिक्षा कार्यालयमा बुझाउने ब्यवस्था मिलाईएको छ ।
यस बर्षदेखि गुल्मी जिल्लाका प्रत्येक परिक्षा केद्रमा प्राथमिक उपचार कक्षको स्थापना समेत गरिएको छ ।
कुनै कुनै छात्राहरूको परीक्षाकै समयमा महिनावारीको समय हुने भएकोले प्रत्येक परिक्षा केन्द्रमा सेनेटरी प्याडको समेत ब्यवस्था गरिएको छ ।
सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालका अनुसार ३० वटा परिक्षा केन्द्रमा सञ्चालन हुने परिक्षामा १ सय ३४ वटा बिद्यालय सहभागी हुँदैछन् । जसमा १ सय १९ सामुदायिक अरू संस्थागत विद्यालयहरु रहेका छन् । परीक्षामा २ सय ३५ जनाले निरीक्षकको रूपमा काम गर्ने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मी र शशस्त्र प्रहरी गुल्मबलद्वारा सम्पूर्ण परिक्षाको सुरक्षा ब्यवस्था मिलाईएको छ । स्रोत ब्यक्तिहरू, पेशागतका पदाधीकारीहरू, पत्रकार, शिक्षा कार्यालयको पूरा समूहले परिक्षा अबधीभर अनुगमन गरिरहने ब्यवस्था मिलाइएको ढकालले जानकारी दिनुभयो ।
यो बर्ष गुल्मीमा ५ हजार ७ सय ४७ जना बिद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जस मध्ये २ हजार २ सय १८ छात्रा र २ हजार १ सय ७ छात्र गरेर नियमित तर्फ ४ हजार ३ सय २५ जना बिद्यार्थी सहभागी छन् । १ हजार ४ सय २२ जना बिद्यार्थी एक्जामटेड रहेका छन् ।
शिक्षा कार्यालयका अनुसार यो बर्ष १ सय २७ जना बिद्यार्थी परिक्षा दिन अयोग्य भएका छन् । खास गरि हाजिरी नपुगेका र विचैमा कक्षा छोडेका बिद्यार्थीहरू परिक्षा दिन अयोग्य भएका हुन् ।















प्रतिक्रिया