३ कार्तिक २०८३, मंगलबार

बलात्कारपछि मृत्यु भएकी पूजाका दोषीलाई ३५ वर्ष जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bara-Rapist-Arrested काठमाडौं, ३ चैत । बारामा ७ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा कन्हैया गुप्तालाई सर्वश्वसहित ३५ बर्ष कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत बाराका न्यायधीश लिप्तबहादुर थापाको एकल इजलासले मंगलबार कलैयाकी ७ बर्षीया बालिका पूजा शाहका अभियुक्त २८ वर्षीय गुप्तालाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ३५ वर्षको जेल सजाय सुनाएको हो ।

फैसला अनुसार पीडक गुप्तालाई दुई लाख क्षतिपुर्ति भराउन आदेश दिएइको छ ।

baraaaअभियुक्त गुप्ताले पूजालाई साँझ बलात्कार गरेर फोहोर फाल्ने ठाउँमा फलेका थिए । परिवारले खोजविन गर्दा दोस्रो दिन विहान मात्रै अचेत अवस्थामा भेटिएकी थिईन् ।

फागुन ९ गते अचेत अवस्थामा उनलाई थप उपचारका लागि राजधानीको अस्पतालका उपचारका लागि ल्याइको थियो । उनको स्वास्थ्य अवस्था विग्रिएपछि २५ गते उपचारका क्रममा निधन भएको थियो ।