२९ आश्विन २०८३, बिहिबार

क्रिकेटर रैनाको विवाह प्रियंकासँग हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2015_03_14_15_15_02_suresh-raina------1

नयाँदिल्ली, ३ चैत । भारतका क्रिकेटर सुरेश रैनाले विवाह गर्न लागेको खबरहरु सार्वजनिक भएका छन् ।

विश्वकप क्रिकेट खेल्न दुई महिनादेखि अष्ट्रेलियामा रहेका क्रिकेटर रैनाको भारतमा विवाह तयारी भइरहेको जनाइएको छ ।

उनले प्रियंका चौधरीसंग विहे गर्न लागेका हुन् । प्रियंका नेदरल्यान्ड्सकी सुन्दर युवती हुन् । पेसाले बैंकर प्रियंका परिवारमा सबैभन्दा कान्छी छोरी हुन् । उनी नेदरल्यान्ड्सको आम्सर्टडम स्थित एक बैंकमा काम गर्छिन् ।

प्रियंकाका र रैनाकी आमा साथी भएकाले यो सम्बन्ध जोडिन लागेको हो । विवाह गर्ने खबरसंगै प्रियंका अहिले आफ्नो विवाहको तयारीका किनमेलमा व्यस्त रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भर्खरै अष्ट्रेलियामा रैनाले जिम्बावे विरुद्धको खेलमा शतक हानेका थिए ।

रैना अहिले पनि अष्ट्रेलिया मै छन् । उनी विश्वकप सकेर घर आएपछि विवाह गर्ने परिवारले जनाएका छन् । यसअघि रैना भारतकी नायिका श्रति हसनसंग प्रेम सम्बन्धमा थिए ।