मुम्बई । पोर्नस्टार तथा बलिउडकी चर्चित अभिनेत्री सनी लियोनी अहिले चर्चामा छिन् । चलचित्र ‘एक पहेली लीला’ का कारण सन्नी चर्चामा आएकी हुन् । चलचित्रमा सन्नीले दक्षिण भारतका सुपरस्टार रजनीकान्तको स्टाइल चोरेको खबरहरु सार्वजनिक भएका छन् ।
चलचित्रको एक गीतमा उनले अभिनय गर्दा रजनीकान्तको चश्मा स्टाइल चोरेकी हुन् । रजनीकान्तको स्टाईल चोरेपछि भारतको चलचित्र बजारमा हंगामा मच्चिएको छ ।
उनले ‘एक पहेली लीला’ मा रजनीकान्तको स्टाइलमा चश्मा लगाएर देशी लुकमा डान्स गरेकी छिन् । रजनीकान्तको स्टाइलमा चश्मा लगाउन सन्नीले खुब मेहनत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चलचित्र ‘एक पहेली लीला’ छिट्टै प्रदर्शन हुँदैछ ।















प्रतिक्रिया