३ कार्तिक २०८३, मंगलबार

गणेशले हिमाल चढेर ‘हिउँले आगो पगालेर’ ल्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yatra bhp newsकाठमाडौं, ३ चैत । गत वर्ष ‘थिएटर र आँखाहरू’ नामक नाट्यकृति ल्याएका गणेश खड्का यस पटक ‘हिउँले आगो पगालेर’ कविता कृति सहित आएका छन् ।

हाल सेसेल्सको फ्रिगेट आइल्यान्डमा कार्यरत भोजपुरका उनको नयाँ कृति ‘हिउँले आगो पगालेर’ राजधानीमा नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ र स्रष्टा श्याम तमोटले लोकार्पण गरे ।

विमोचनपछि मन्तव्य राख्दै श्रवणले भने, ‘गणेशका कविताहरू मर्मस्पर्शी छन् र यी कविताहरू पढ्दा उनको जीवन संघर्षको पदचाप ध्वनि प्रस्ट सुनिन्छ, जुन ध्वनि मधुर नभएर कष्टकर छ । आमनेपालीको दु ःख र संघर्षको प्रतिछाया उनको कविता छचल्किएको छ ।”

hiuकवि तथा गीतकार तमोटले पनि खड्काले मुलुकभित्रको धमिलोलाई बाहिरको सङ्लो पानीको दृष्टिकोणबाट हेरिएको दाबी गरे ।

लोकार्पण कार्यक्रममा कृतिमाथि प्राज्ञ शशी लुमुम्बू, कवि फूलमान बल, कवि रामगोपाल आशुतोषलगायतले टिप्पणी गरेका थिए ।

सो अवसरमा कार्यक्रममा कवि खड्काले ‘समुद्र र सम्भोग’, तथा ‘अँधेरीघाटको कथा’समेत दुई कविता सुनाए । कृति शब्दहार क्रियसन्सले निकालेको हो ।