काठमाडौं, ३ चैत । राजधानीको सामाखुसीस्थित पाराडाइम इङ्लिस बोर्डिङ स्कुलले आफ्नो १२औँ वार्षिक उत्सव सोमबार एक भव्य कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. महेशराज दाहालले शिक्षाको महत्वबारे प्रकाश पार्दै पाराडाइम स्कुलको प्रशंसा गरे । उनले भने, ‘यस्ता निजी स्कुल त धेरै छन् तर पाराडाइमजस्ता स्कुलचाहिँ कमै छन् ।’
कार्यक्रममा उक्त स्कुलका संस्थापक तथा प्रिन्सिपल रेजिन श्रेष्ठले पाराडाइम स्कुलले व्यावसायिक पक्षलाई नभएर सामाजिक भावनाका साथ शैक्षिक गुणस्तरीयतालाई महत्व दिएको बताए । उनले भने, ‘पैसामुखी भएको भए हामी स्कुल होइन अर्कै व्यापार गर्ने थियौँ ।’
त्यसैगरी स्कुल व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर श्रेष्ठले स्कुलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरूको चौतर्फी प्रतिभालाई प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको बताए ।
कार्यक्रममा प्राज्ञ तथा कवि शशी लुमुम्बू, साहित्यकार देवीप्रसाद घिमिरे, सामाजिक अभियन्ताहरू नन्दकुमार राई, पारुहाङ राई, उद्योगी अर्जुन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
अविभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका छात्राछात्रहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
छात्राछात्रहरूको आकर्षक साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा हास्यकलाकार राजा राजेन्द्रले हास्य प्रस्तुति दिएका थिए भने गायिका योजना पुरीले आफ्ना चर्चित गीतहरू गाएर माहौल तताएकी थिइन् ।















प्रतिक्रिया