
काठमाडौं, ३ चैत । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी फुटाएको खुलासा गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एकता सभामा माओवादीबाट केहीवर्ष अगाडी छुट्टिएका नेता यादवले यस्तो खुलासा गर्नभएको हो । उहाँले भन्नुभयो-‘प्रचण्डले शक्तिशाली बन्न खोज्दा माओवादीका पाँच पार्टी बने, यसमा बाबुरामजीको पनि भुमिका छ ।’
आफूहरुले परिवर्तन र क्रान्तिका लागि आग्रह गरेपनि प्रचण्डले नमानेकाले आज माओवादी पाँचवटा बनेको उहाँको आरोप छ । अहिले अवस्थामा प्रचण्ड केपीओलीसंग वार्तामा बस्न थालेकाले कार्यगत एकता हुन कठिन भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘कमरेड प्रचण्ड एकता गरौं भन्नुहुन्छ, क्रान्तिका लागि छलफल चलिरहँदा वार्ता समिति बनाएर केपी ओलीसंग छलफल गर्न जानुहुन्छ, यसरी कार्यगत एकता कसरी हुन्छ ?’
कम्युष्टि क्रान्तिका लागि प्रचण्ड-बाबुरामलाई लेनिन, रुसको क्रान्तिको बारेमा अध्ययन गर्न उहाँले सुझाव दिनुभयो । माओवादी किन फुट्यो भन्दै उहाँले फेरि कसरी जुटाउने वातावरण आयो भनेर नेताहरुलाई प्रश्न गरेका छन् ।
परिवर्तन र क्रान्तिका लागि भए एकीकरण अभियान साथ दिने नेता यादवले वचन दिनुभएको थियो । प्रचण्ड, वैद्य, बाबुरामको नेतृत्व जनतामा आएमात्रै पार्टी एकताको सार्थकर्ता हुने उहाँको भनाई थियो ।















प्रतिक्रिया