३ कार्तिक २०८३, मंगलबार

झापा कारागरबाट कैदी फरार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail-breakझापा, ३ चैत । झापा कारागारको एक कैदी फरार भएको छ ।

चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार ल्याइएका बिर्तामोडका २३ वर्षीय कमल सेख हुसैन मियाँ फरार भएका हुन् ।

सोमबार साँझ कारागारका कैदीबन्दी गन्ती गर्ने क्रममा सङ्ख्या नपुगेपछि मियाँ फरार भएको खुलेको थियो ।

फरार कैदी के कसरी फरार भएको भन्ने विषयमा अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।

फरार कैदीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।