१ कार्तिक २०८३, आइतबार

दोहोरो नागरिकता माग गरे अमेरिकामा मन्त्री केसीलाई दुर्व्यवहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neelam K Cकाठमाडौं, ३ चैत । महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी र त्यहाँ बस्दै आएका नेपाली महिला बीच दोहोरो नागरिकताको विषय उठेपछि घम्साघम्सी भएको छ ।

स्थानीय महिलाको आयोजनामा न्युर्योकमा गरिएको एक भेटघाट कार्यक्रममा बिदेशमा बसेका नेपालीले आफ्नो नागरिकतालाई निरन्तरता दिनुपर्ने बताएपछि मन्त्री केसी आक्रोसित भएकी हुन् ।

अमेरिकामा बसेर महिला अधिकारका क्षेत्रमा कार्यरत सीता खरेल लगायतको समुहले दोहोरो नागरिकता लिन पाउनुपर्ने यसका लागि मन्त्रीले पहल गरिदिनुपर्ने माग गरेपछि ‘दोहोरो नागरिकता लिन पाइदैँन’ भन्दै कार्यक्रमस्थलमै मन्त्री कड्किएकी हुन् ।

‘तपाईहरुलाई नागरिकता किन चाहियो रु अमेरिका बस्ने अनि दोहोरो नागरिकता पनि चाहिने’ उनले भनिन्, ‘अमेरिका बसेर दोहोर नागरिकता मिल्दैन यस्ता सम्झौतामा म हस्ताक्षर गर्दिन ।’

उनले यस्तो जवाफ फर्काउने बित्तिकै कार्यक्रम स्थलको अवस्था असामान्य बनेको कान्तिपुर दैनिकले छापेको छ ।

लामो समय चर्काचर्की परेपछि मन्त्री केसीे खाना खान बोलाएर यस्तो प्रश्न गर्ने भन्दै खाना नै नखाइ फर्किएकी थिइन् ।

नेपालमा रहँदा मन्त्री केसीसंगै रहेर विगतमा लामो समय काम गरेकी सीता खरेलले मन्त्री केसीको हात समाउँदै खाना खाएर मात्र जान अनुरोध गर्दा मन्त्री प्रहरी बोलाउने चेतावनी दिइन ।