१ कार्तिक २०८३, आइतबार

कांग्रेस र एमालेको जनशक्तिसँग अध्यक्ष दाहाल चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-nepal-puspa-kamalकाठमाडौं, ३ चैत । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्रभन्दा अहिलेका कांग्रेस, एमाले शक्तिशाली भएको बताएका छन् ।

उनले आगामी आन्दोलन घोषणाका लागि सिंहदरबारमा आइतबार साँझ बसेको ३० दलीय मोर्चाको बैठकमा भने तत्कालिन राजा ज्ञानेन्द्रसँग सेनामात्र थियो जनता थिएनन् तर अहिले कांग्रेस एमालेसँग राज्यशक्ति र कार्यकर्ता पनि छन् ।

नेपाल सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले हाम्रो आन्दोलन वार्ताका लागि हो कि उपलब्धका लागि भन्दै दाहाललाई कुनैपनि संसदीय कार्यक्रममा भाग नलिन भनेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।