३ कार्तिक २०८३, मंगलबार

स्वरको जादुमा चलेका मनकारी गायक मिलन लामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

44

– सन्दिप भट्ट

रत्ननगर, २ चैत । कलाकारीता गरेर बाच्न गाह्रो भनेर पछिल्लो समय धेरै कलाकार विदेशीरहेको अवस्थामा गायक मिलन लामा भने आफुलाई भाग्मानी ठान्छन् ।

नेपालमा भन्दा धेरै विदेशमा कार्यक्रम गर्ने लामालाई कहिल्यैपनि विदेशमा बच्ने मन आएन । उनी आफुलाई कलाकारीताले नै सन्तुष्टि दिएको वताउछन् । यिनले गीत गाएको पैसा सामाजिक कार्यमा पनि खर्च गर्छन् ।

झट्ट सुन्दा अमिल्दो लागेपनि गायक मिलन लामाले आफुहले कमाएको केही रकम सामाजिक कार्यमा खर्च गर्दै आईराखेका छन् । पुर्वी चितवनको रत्ननगर मोहननामा बस्ने गायक लामाले सोमबार त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदायलाई झुल वितरण गरे ।

विगतको बर्षमा पनि झुल वितरण गरेका लामाले यो बर्षपनि विपन्न समुदायका लागी झुल वितरण गरेको वताए । ‘गत बर्षपनि यसैगरी विपन्नहरुलाइृ सहयोग गरेको थिए’ गायक लामाले भने– ‘सुर्खेत र प्युठानमा गरेको कार्यक्रमले विपन्नका लागी झुल किनिदिए ।’

उनले सोमवार २३ थान झुल वितरण गरे । गर्मी मौसम लागेसंगै चितवनमा लामखुट्टेको कारणले मलेरीया लगायतका विभिन्न रोगले महामारी फैलिने भएकाले झुल वितरण गरेको वताए ।

उनले अझै झुल दिन बाकी रहेका २५ परिवारका लागी पनि झुल ल्याईदिने बताए । यसअघि पनि गायक लामाले त्यसै क्षेत्रमा खानेपानीको धारा जडानका लागी सहयोग गरेका थिए ।

गीत संगितको क्षेत्रमा स्वरको जादुबाट ख्याती कमाएका गायक लामा एक समाजसेवी पनि बनेका छन् ।