३ कार्तिक २०८३, मंगलबार

एमाओवादीको आन्दोलनलाई जनताले प्रतिकार गर्छन् : राप्रपा अध्यक्ष राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Ranaभक्तपुर, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर विपक्षी दलले घोषणा गरेको आन्दोलनको तुक नभएको बताउनुभएको छ ।

रफत् सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनताले आन्दोलन नचाहेको बेलामा घोषणा गरेको आन्दोलनले कुनै प्रभाव नपार्ने बताउनुभएको हो ।

राप्रपा अध्यक्ष राणाले भन्नुभयो, “यतिखेर देश र जनताले आन्दोलन होइन, संविधान खोजिरहेको छ, आन्दोलनले संविधान दिँदैन, जनताले नचाहेको आन्दोलनको अर्थ छैन, वार्ताबाटै निकास खोज्नुपर्छ ।”

एमाओवादी नेतृत्व ३० दलीय मोर्चा वार्ता छाडेर आन्दोलनको घोषणा गर्नु दुर्भाग्य भएको उहाँको भनाइ थियो । यो आन्दोलनले देशलाई राम्रो नगर्ने बताउँदै उहाँले सत्तापक्षले संविधान निर्माणको प्रक्रिया सुरु गर्नुअघि विपक्षी मोर्चासँग वार्ताको अन्तिम प्रयास गर्नुपर्ने बताउनुभयो ।

सत्तापक्ष र विपक्षीबीच विवादित पाँच जिल्लाका विषयमा मात्रै कुरा नमिलेको बताउँदै राणाले भन्नुभयो, “विपक्षी आन्दोलनमा गए पनि सरकारले सहमतिका लागि अन्तिम प्रयास अगाडि बढाउनुपर्छ, एकपटक फेरि विपक्षीलाई वार्तामा ल्याउनुपर्छ, विवादित पाँच जिल्लालाई सहमतिका लागि विकल्प खोजिनुपर्छ ।”

सरकारले अन्तिमपटक सहमतिको प्रयास गर्दा पनि विपक्षी सहमतिमा नआए प्रक्रियालाई नै अगाडि बढाएर संविधान दिइनुपर्ने उहाँको भनाइ थियो ।

राप्रपा र राप्रपा नेपालबीचको एकीकरणका बारेमा बोल्दै उहाँले ठूला दल असफल भएको निष्कर्ष निकाल्दै देश र जनताले खोजेको नयाँ शक्तिका रुपमा उदाउन दुई पार्टी एकीकरणका लागि अगाडि बढेको बताउनुभयो ।