३ कार्तिक २०८३, मंगलबार

एसएलसीमा चिट चोर्नेलाई परीक्षास्थलमै ‘रेस्ट्रिकेट’ गरिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cheatingकाठमाडौ, चैत २ । आगामी चैत ५बाट देशभर हुन लागेको एसएलसी परीक्षामा परीक्षार्थीले चिट चोरेको फेला पारिए कडा कारवाही गरिने भएको छ ।

विशेषगरी देशकै सबैभन्दा बढी परीक्षार्थी रहेको काठमाडौंमा एसएलसीलाई व्यवस्थित, अनुशासित र सफल बनाउन कडा अनुगमन गरिने एसएलसी तयारी जिल्ला समन्वय समितिले जनाएको छ ।

काठमाडौंमा एसएलसीका लागि आवश्यक सबै प्रकारका तयारी पूरा भएको एसएलसी तयारी जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताउनुभयो ।

परीक्षा मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी अर्यालले परीक्षामा कुनै पनि चिटका टुक्रा भेटिनासाथ कडा कारबाही गर्न सम्पूर्ण केन्द्राध्यक्षलाई कडा निर्देशन समेत दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो-‘परीक्षालाई मर्यादित र अनुशासित बनाउनुहोस्, चिट चोरेको पाइए तत्काल कारबाही गर्नुस्, तपाईंहरुको सुरक्षाको जिम्मा पूर्ण रुपमा हामी लिन्छौं ।’ काठमाडौं संगै देशैभरी परीक्षास्थलमा चेकजाँच कडा पारिने शिक्षा विभागले जनाएको छ ।