३० आश्विन २०८३, शुक्रबार

नेपाल बैंकमा आगलागी, कामकाज ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-bank

मेलम्ची, २ चैत । सिन्धुपाल्चोक जिल्लाको चौतारमा अवस्थित नेपाल बैंक चौतारा शाखामा आज बिहान आगलागी भएको छ ।

बैंकका कर्मचारी बस्ने कोठामा बिहान ग्यासको सिलिन्डर फेर्ने क्रममा रेगुलेटर मिलाउँदा ग्यास चुहावट भई आगलागी भएको हो ।

आगलागीबाट बैंकको फर्निचर, कार्पेट, झ्याल, ढोका गरी रु ५० हजार रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरीक्षक रुपक खड्काले बताउनुभयो ।

आगलागीले गर्दा आज नेपाल बैंकको काम ठप्प भएको छ । केहीबेरको आगलागी पछि नेपाल प्रहरी र नेपाली सेनाले उक्त आगो नियन्त्रणमा लिएका थिए ।