२९ आश्विन २०८३, बिहिबार

रोनाल्डोको प्रेरणामा रियल मड्रिड विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DV1878829काठमाडौं, २ चैत । स्पेनिस ला लिगामा गेराथ बेलको २ गोलको मद्दतमा रियल मड्रिड विजयी भएको छ । ला लिगाको ९औं खेलमा गेराथको गोल हानेको पहिलो चोटी हो । विश्व फुटबल स्टार तथा रियलका डिफेण्डर क्रिस्टियानो रोनाल्डोको प्रेरणामा गेराथले गोल हानेका थिए ।

जितसंगै रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब कायम राखेको छ । आइतबार राती घरेलु मैदानमा सम्पन्न खेलमा रियलले लेभान्टेलाई २–० गोलले पराजित गरेको हो ।

हिजोको खेलमा क्रिस्टियानो रोनाल्डोको प्रहार किपरले रोकेपछि रिबाउन्डमा गेराथले पहिलो गोल गरेका थिए । गेराथले रोनाल्डोको दोस्रो प्रहारलाई गोलमा परिणत गर्दै खेलमा व्यक्तिगत दुई गोल हाने ।

81666158_gareth_bale_reuters_indexlबार्सिलोनाले शनिबार ईबारलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको थियो । ४ अंकको दुरीमा पछाडी परेको रियलले वार्सिलोनासंग १ अंकको दुरी मात्रै राखेको छ ।

बार्सिलोनाले २७ खेलबाट ६५ अंक जोडेको छ । शिर्ष स्थानमा रहेको रियल मड्रिडले समान २७ खेल खेल्दै ६४ अंक सहित दोस्रो स्थान छ ।