२९ आश्विन २०८३, बिहिबार

नायिका अरुणिमाले पाइन अमेरिकाको ग्रिनकार्ड, को-को लिने प्रक्रियामा छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arunima-lamsal1

काठमाडौं । नेपाली रजतपटतकी चर्चित नायिका अरुणिमा लम्सालले एक वर्षको लामो प्रक्रियापछि संयुक्त राज्य अमेरिकाको ग्रिनकार्ड पाएकी छिन् । अरुणिमासंगै उनको तीन सदस्यीय परिवारले समेत ग्रिनकार्ड पाएको छ ।

ग्रिनकार्ड पाएपछि नायिका अरुणिमा चाँडै आफ्नो परिवारका साथ अमेरिका उड्ने तयारीमा छिन् ।

श्रीमान पक्षका सबै जसो परिवारका सदस्य अमेरिकामै भएकाले आफ्नो परिवारले पनि ग्रिनकार्डको लागि आवेदन दिएको र अमेरिकाले उक्त आवदेन स्विकार गरेको अरुणिमाले बताएकी छिन् ।

५२ वटा नेपाली फिल्ममा अभिनय गरेकी अरुणिमाले एकवर्ष अगाडी बैङ्करसँग बिहे गरेकी थिइन् । फिल्म क्षेत्रमा उनले १३ वर्ष काम गरेकी छिन् ।

सहकर्मी नायिकाहरु ऋचा घिमिरे, रञ्जना शर्मा, उषा पौडेल लगायत अमेरिकामा भएकाले पनि आफु नेपाल छोड्न तयार भएको उनले बताईन् ।

यसअघि नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे दम्पतीले अमेरिकाको ग्रिनकार्ड लिइसकेका छन् । पूजा चन्द, साराङगा श्रेष्ठ, यूना उप्रेती, राजवल्लभ कोइराला पनि अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।

उषा पौडेल, रञ्जना शर्मा, जिवन लुईंटेल, निरज बराल लगायत कलाकार ग्रिनकार्ड लिने प्रक्रियामा छन् । अमेरिकाको ग्रिनकार्ड पाएपनि अरुणिमाले नेपाली चलचित्र क्षेत्रलाई नछोड्ने बताईन् ।

अमेरिकामा सबै सहकर्मी मिलेर काम गर्ने उनको योजना छ । केही दिनमा अरुणिमा आफ्नो छोरीसहित अमेरिका उड्दैछिन् ।