३ कार्तिक २०८३, मंगलबार

कारमा चढेकी ३० वर्षीय महिलाको कलिलै उमेरमा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ चैत । दारेचोक–७ चुम्लिङटारमा आज बिहान भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भारत कानपुर बस्ने ३० वर्षीय विनित बर्माको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहान ४ः३० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते सोही ठाउँ बस्ने ३१ वर्षीय अमित बर्मा र अर्का विनित दुबेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब २ बजे काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको नं नखुलेको भारतीय कार सडकबाट ४०–५० मि तल त्रिशूली नदी किनारमा खस्दा सो घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । कार तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।