३ कार्तिक २०८३, मंगलबार

मन्त्रीले झपारेपछि कर्मचारीले काम सूचारु गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhकाठमाडौँ, २ चैत । राजधानीको फोहोर उठाउने विषयमा विवाद बढेपछि आइतबार उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मातहतका कर्मचारीलाई झपारेका छन् ।

काठमाडौँ महानगरपालिका र कर्मचारीबीच फोहोर उठाउने विषयमा विवाद बढ्दै गएपछि मन्त्री सिंहले हिजो कर्मचारीलाई बोलाएर फटाफट समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

मन्त्री सिंहका सामू मन्त्रालयका अधिकारी र महानगरपालिका तथा उपमहानगरपालिकाका पदाधिकारीहरु डराएका थिए । ‘मन्त्री ज्यू एकदम आवेगमा आउनुभो, हामी त डरले केही बोल्नै सकेनौं,’ मन्त्रीले थर्काएको बारेमा बताउँदै एक कर्मचारीले भने ।

उनका अनुसार मन्त्री सिंहले फटाफट समस्या समाधान गरेर फोहोर उठाउन निर्देशन दिएका थिए । मन्त्रीले झपारेपछि आजदेखि काठमाडौं उपत्यकाको फोहोर सङ्कलन कार्य पुनः सञ्चालन भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख पूर्णभत्तल तण्डुकारले मन्त्रीको निर्देशनपछि कर्मचारीलाई सहमतिमा ल्याएर फोहोर संकलन कार्य पुनःसूचारु भएको जानकारी दिए ।

गत शुक्रबार काठमाडौँबाट फोहोर बोकेर नुवाकोटको सिसडोलतिर जाँदै गरेको निजी व्यवसायीको गाडीको ठक्करबाट स्थानीय एक बालकको निधन भएपछि स्थानीयवासीले गाडी जलाएपछि अवरोध उत्पन्न भएको थियो ।

महानगरका कर्मचारीका सुरक्षाको प्रत्याभूतिको मागलाई सम्बोधन गर्न नेतृत्व तयार भएको तथा फोहर ओसार्न थप केही ठूला उपकरण ल्याउन सकारात्मक देखिएपछि कर्मचारी सङ्गठन फोहर उठाउन राजी भएका हुन् ।

काठमाडौँमा दैनिक ५५० र ललितपुरमा २५० टन फोहर जम्मा हुने गरेका छन् । कर्मचारीले फोहोर नउठाउदा नगर, चोकहरु पुरै दुर्गन्धित भएका थिए ।