काठमाडौं । बाबुछोरीको सम्बन्ध पवित्र सम्बन्ध हो । जन्मिदा देखि हुर्काउने बढाउने पढाउने काम बाबुले गर्छ । त्यसको अर्थ यो होइनकी बाबुले आफ्नै छोरीका यौन शोषणा गरोस ।
तर, जर्मनका एक सुरपरस्टार अभिनेताले आफ्नै छोरीमाथि बलात्कार गरेको घटना वाहिर आएको छ । जर्मनका सुपरस्टार क्लाअस किन्स्कीले पाँच वर्षको उमेरदेखि १९ वर्षसम्म निरन्तर आफ्नो पिताले यौन शोषण गरेको छोरी पोलाले बताएकी छिन् ।
किन्स्कीले १९७० देखि ८० को दशकमा निर्देशक वर्नर हर्जोगका केहि अत्यान्तै लोकप्रिय फिल्ममा अभिनय गरेका थिए । किन्स्कीको निधन ६५ वर्षको उमेरमा सन् १९९१ मा भएको थियो ।
दिवंगत फिल्म स्टार किन्स्कीलाई आफ्नै छोरी पोलाले यस्तो आरोप लगाएकी हुन् । २० वर्षपछि छोरीले यस्तो आरोप लगाएकी हुन् । यता किन्स्कीका जीवनीकार क्रिस्च्यिन डेविडले त्यसबेला किन्स्की र उनकी छोरीको सम्वन्ध अफवाह भएको वताएका छन् ।
उनले भनेका छन्, जर्मनमा किन्स्कीको प्रशंसक अत्याधिक थिए । कतिपयले त उनलाई पूजा गर्न समेत तत्पर हुन्थे। तर, अवको समयमा उनको त्यो छवी उस्तै रहदैन ।
पोला किन्स्की आफै पनि एक अभिनेत्री हुन् । उनले आफ्नो जीवनी द माउथ्स अफ बेब्सको विमोचन अघि जर्मन पत्रिका स्टर्नुसँगको साक्षतकारमा भनेकी छिन्, ‘यो प्राकृतिक हो । दुनियाँभरका पिता आफ्ना छोरीसँग यस्तै गर्छन्।’
पोलाले वर्षौसम्म यो कुरालाई गोप्य राखिन्। किनभने उनलाई पिताले यस सम्वन्धमा वाहिर कुरा गर्न मनाही गरेका थिए । यो खवर सार्वजनिक भएपछि केहि जर्मनीहरुले शोसल मिडिया मार्फत दिवंगत अभिनेताको निन्दा गरेका छन् । एजेन्सीको सहयोगमा
















प्रतिक्रिया