१ कार्तिक २०८३, आइतबार

विपक्षी मोर्चाको आन्दोलनले वातावरण बिथोल्छः कांग्रेस, एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dahal Chairs 30 Parties Meetingकाठमाडौं, २ चैत । प्रमुख सत्तारुढ दलहरू काग्रेस र एमालेले विपक्षी मोर्चाको आन्दोलन घोषणाप्रति आपत्ति जनाउदै यसले संविधान निर्माणको वातावरण विथोल्ने बताएका छन् ।

वार्ता र संवादको प्रक्रिया चलिरहेका बेला त्यसलाई लत्याउदै आम हड्ताल समेतका कार्यक्रम अघि सार्नुले उनीहरु संविधान निर्माणमा इमानदार नभएको विष्लेषण सत्तारुढ दलको छ ।

अब संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया तत्कालै अघि बढाइहाल्नुपर्ने अडान उनीहरुको छ ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभा स्थगित रहेकै अवस्थामा सवादको प्रक्रियालाई निरन्तरता दिनुको साटो विपक्षी मोर्चाले आन्दोलन घोषणा गरेर स्थिती असहज बनाएको बताए ।

‘मैले प्रचण्डजीलाई पनि भनें तपाईहरु आन्दोलनको सुरुङभित्र प्रवेश गरेर के ल्याउन खोज्दै हुनुहुन्छ, हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरौ भने संविधान लिएर निस्कन्छौ’ पौडेलले भने, ‘देशलाई संविधान चाहिएको छ । एमाओवादीसहितको विपक्षी मोर्चा संविधान नल्याउने बाटोमा गइरहेको छ । यो स्विकार्य हुन सक्दैन ।’

विपक्षी मोर्चाको मागकै कारण माघ २९ देखि संविधानसभाको प्रकृया स्थगित रहेको कान्तिपुर दैनिकले छापेको छ ।

संविधानसभाको प्रकृया स्थगित भएपछि सत्ता पक्ष र विपक्षी मोर्चाबीच संविधानका अर्न्तबस्तुमा सहमति जुटाउन अनौपचारिक र केही औपचारिक प्रयास भए पनि सफल हुन सकेको थिए ।

कांग्रेस उपसभापति पौडेलले सार्वभौम संविधानसभालाई सडकबाट नियन्त्रण गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताए । भने, ‘एमाओवादी सहितको विपक्षी मोर्चा जानीजानी बार्ता तोडेर आन्दोलनमा गएको हो । अब बार्तामा बस्नुअघि आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्छ ।’

एमाले उपमहासचिव विष्णु पौडेलले पनि सहमतिबाटै संविधान निर्माणका लागि वातावरण बनाउन वार्ता चलिरखेका बेला आन्दोलनमा जानु आश्चर्यजनक भएको बताए ।

उनले यस्ता कार्यले संविधान निर्माणका काममा व्यवधान सिर्जना गर्ने उल्लेख गरेका छन् ।