३ कार्तिक २०८३, मंगलबार

राजधानीमै ९ वर्षीय बालिकालाई चकलेट दिएर बाबाले गरे बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-crime

भक्तपुर, १ चैत । नौ वर्षीया बालिकालाई बलात्कार गर्ने पनौतीे– ४ घर भई हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१५ बस्ने १९ वर्षीय बाबा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

अनन्तलिङ्गेश्वर नगरपालिका–१५ गुण्डुकी नौ वर्षीय बालिका घरनजिकै खेलिरहेकी अवस्थामा मादक पदार्थ सेवन गरेका तामाङले चकलेट दिएर जर्बजस्ती गरिरहेको अवस्थामा बालिका चिच्याएपछि स्थानीयवासीले घट्नाबारे थाहा पाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि तामाङलाई प्रक्राउ गरी आजै अदालतमा मुद्दा दायर गरेर सात दिने म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।

बालिकाको शारीरिक स्वास्थ्य परीक्षण गराई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।