३ कार्तिक २०८३, मंगलबार

चितवनमा उनन्चास जनामा स्वाइन फ्लु प्रमाणित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swineचितवन, १ चैत । चितवन र छिमेकी जिल्लाबाट यहाँ उपचार गराउन आउने ४९ जनामा स्वाइन फ्लु प्रमाणित भएको छ ।

पछिल्लो पटक २२ जना थपिएपछि यो सङ्ख्या बढेर ४९ पुगेको हो । थपिएका मध्ये १२ पुरुष र १० जना महिला छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार स्वाइन फ्लु प्रमाणित भएकामा चितवन, नवलपरासी, गोरखा, तनहुँ, रुपन्देही र पर्सा जिल्लाका छन् ।

चितवनमा गतवर्ष ११ र अघिल्लो वर्ष १० जनामा स्वाइन फ्लु प्रमाणित भएको थियो । रासस