३ कार्तिक २०८३, मंगलबार

एमाओवादी मोर्चाले संविधान नचाहेको एमाले प्रमुख सचेतक खरेलको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni-Kharelझापा, १ चैत । नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले केही दिनमै सहमतीय प्रक्रिया अघि बढेर संविधान निर्माणमा सहजता आउने बताउनुभएको छ ।

सताक्षी प्रेस क्लबले आइतबार झापाको दुधेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आन्दोलनरत दलले संविधान बनाउन नचाहेकाले वार्ता र संवादमा ढिलाइ भइरहेको आरोप लगाउनुभयो ।

संविधान निर्माण प्रक्रियामा सबैको चित्त बुझाउन नसकिने भएकाले सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने पक्षमा एमाले उभिएको उहाँको भनाइ थियो ।

सरकार परिवर्तन गरेर संविधान निर्माण हुन नसक्ने बताउँदै संविधानका मूलभूत विषयवस्तुलाई टुङ्ग्याउन साझा सरकार निर्माणका लागि अघि बढ्न एमालेले अन्य राजनीतिक दलहरुसँग छलफल गरिरहेको जानकारी गराउनुभयो ।