काठमाडौँ, १ चैत । आगामी चैत २८ गते हुने बाग्लुङ क्षेत्र नं. १ को उपनिर्वाचन औचित्यहिन रहेको भन्दै नेकपा–माओवादीले सो निर्वाचन बहिस्कार गर्ने जनाएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालद्धारा आज जारी विज्ञप्तिमा संविधानसभा विघटन गरी परिवर्तनकारी सबै राजनीतिक शक्तिहरुको सर्वपक्षीय राजनीतिकसभा आयोजना गरी जनताको सङ्घीय गणतन्त्रात्मक संविधान जारी गर्न माग गरिएको छ ।
माओवादीले गत वर्ष मंसिरमा भएको संविधानसभाको दोस्रो निर्वाचन समेत बहिस्कार गरेको थियो ।















प्रतिक्रिया