बागलुङ १ चैत । निर्वाचन आयोगले आगामी चैत्र २८ गते बागलुङ क्षेत्र एकमा हुने उपनिर्वाचन देशकै नमुनाको निर्वाचन गराउने घोषणा गरेसंगै ८ राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
बागलुङमा क्रियाशिल रहेका राजनीतिक दलहरुले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी पार्टीको तर्फबाट उम्मेवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसको तर्फबाट स्वर्गीय सभाषद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेबी खडका, नेकपा एमालेको तर्फबाट बैकल्पिक केन्द्रीय सदस्य मना केसी, एमाआबोदीबाट प्रचार बिभाग प्रमुख कृष्ण केसी, र राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी रहनुभएको छ ।
त्यसैगरी राप्रपा र राप्रपा नेपालबाट संयुक्त रुपमा नबिनचन्द्र शेरबुजा, संघिय समाजबादीबाट रेशमबहादुर थापा, परिवार दलको तर्फबाट बाबुराम शर्मा, नेकपा मालेबाट कुलबहादुर किसान रहेको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । यसै गरी तुलसी थापाले स्वतन्त्र उमेदवारको नाम दर्ता गराउनुभएको छ ।
दलहरुले मनोनय दर्ता गराउने क्रममा बागलुङ बजारभित्र दलबल सहित नाराजुलुस र बाजा गाँजासगै मुख्य निर्बाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उमेदवारी दर्ताको लागि प्रमुख राजनीतिक दलहरुका केन्द्रिय नेताहरुको समेत उपस्थिती रहेको थियो ।
मनोनय दर्ता गर्ने समयमा बिहान १० बजे देखि बेलुका ५ बजेसम्म राखिएको थियो । संविधानसभा निर्वाचनमा विजयी सभाषद् हरिबहादुर खड्काको सवारी दुर्घटनामा परी मृत्यु भएपनि उपनिर्वाचन हुन लागेको हो ।
३० दलिय मोर्चाले साझा उम्मेदबार घोषणा गरेका एमाओवादीका प्रबक्ता दिनानाथ शर्मा फागुन ३० गते अचानक बिरामी परेपछि उम्मेदवारी नदिने घोषणा गरेपछि एमाओवादीले आफनो तर्फबाट केसीलाई उम्मेदबार बनाएको हो ।
नेपाली कांग्रेसले उम्मेदबारको लागि जिल्लाबाट ११ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएपनि केन्द्रले जिल्लाको सिफारिसमा नै नरहेका स्वर्गीय हरिबहादुर खड्काकी श्रीमती चम्पादेबी खड्कालाई उमेदवारीको लागि टिकट दिएको थियो ।
गत निर्वाचनमा ४७ हजार मतदाता निर्वाचनमा सहभागी भएकोमा यसपटक त्यो संख्या बढेर ५२ हजार दुई सय दुई जनाले मतदान दिने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस पटक भने विद्युतीय यन्त्रबाट मतदान गर्न लागिएको छ । बिद्युत्तीय मतदान हुने भएपछि मतदाताहरुलाई प्रशिक्षण तथा जानकारी दिने काम सम्पन्न गरिएको छ ।
उपनिर्बाचनको लागि हरेक निर्बाचन केन्द्रमा मतदान अधिकृत निर्बाचन आयोगले काठमाण्डौबाटै खटाउने तयारी गरेको छ । गत निर्वाचनमा विजयी स्वर्गीय सभाषद् खड्काले १३ हजार ५ सय मत प्राप्त गरी विजयी हुनुभएको थियो ।
उहांका निकटतम प्रतिद्धन्द्धी एमालेका हिराबहादुर केसीले ११ हजार ९ सय ६३, एकीकृत नेकपा माओवादीका कृष्ण केसीले ६ हजार र राष्ट्रिय जनमोर्चाका तिर्थसिंह थापाले २ हजार १ सय ५९ मत प्राप्त गनुृभएको थियो ।
















प्रतिक्रिया