३ कार्तिक २०८३, मंगलबार

संविधानका लागि एमाले रगत बगाउन तयार छ : कृषिमन्त्री पराजुली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1779124_10152282217249309_1530946081_n_1393411359– शिबलाल सुबेदी
गुल्मी १ चैत । कृषि विकासमन्त्री हरि प्रसाद पराजुलीले सबिधान निमार्णका लागि एमाले रगत बगाउन पनि तयार रहेको बताउनुभएको छ ।

दोस्रो गुल्मी महोत्सवको आइतबार समापन गर्न गुल्मी आउनु भएका मन्त्री पराजुलीले आइृतबार बिहान नेकपा एमाले गुल्मीले आयोजना गरेको भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

लामो समयदेखि मुलुकमा सबिधान निर्माण हुन नसकेकाले मुलुक संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री पराजुलीले सबिधान निर्माणका लागि अब नेकपा एमालेले रगत बगाउन पनि तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘रगत बगाउने कुराका कुनै अर्कै अर्थ नलागोस, नेकपा एमाले संबिधान निर्माणका लागि जस्तो सुकै मुल्य चुकाउन र अधिकत्तम लचकता अपनाउन समेत तयार छ ।’

नेकपा एमाले पहिलो सबिधानसभाको निर्वाचनमा देशको तेस्रो ठुलो शक्ति भएको अवस्थामा पनि सबिधान निर्माणको पक्षमा लडिरहेको र अहिले दोस्रो सबिधानसभाको निर्वाचनपछि पनि सबिधान निमार्णका लागि लडिरहेको मन्त्री पराजुलीको दावी छ ।

धम्की दिनका लागि सड्कमा गएर उफ्रदैमा केही नहुने भन्दै दलहरुले माघ ८ गतेका लागि सबिधान दिने भन्दै गरेका प्रतिबद्धता पुरा नभएपनि अव जेठ १५ गतेभित्र नेपाली जनताहरुले सबिधान पाउने बताउनुभयो ।

उहाँले अगाडी भन्नुभयो– ‘अब कसैले पनि सबिधान सभालाई असफल र मुलुकलाइृ बन्धक बनाउन नपाईने भन्दै सके सहमतिकै आधारमा सबिधान नभएर दुई तिहाई बहुमतका आधारमा लोकतान्त्रिक बिधीबाट भएपनि जेठ १५ गतेभित्र सबिधान जारी भएरै छाड्छ ।’

संविधान बनाउन सहमतिको विकल्प नभएको भन्दै कृषिमन्त्री पराजुलीले अधिकतम लचकता अपनाएर भएपनि अबको मितीमा संविधान दिने बताउनुभयो ।

सबिधानका विवादित बिषयहरु टुङ्गाउने प्रतिबद्धता गरिएकाले अहिले सबिधान निमार्णको प्रक्रियाबाट पछाडी हटेर आन्दोलनमा लागेका दलहरुलाई एक पटक त्यो प्रतिबद्धताको स्मरण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।