३० आश्विन २०८३, शुक्रबार

चार करोडको कारोवार गर्दै सकियो गुल्मी महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gulmi Mahotsab!!– शिबलाल सुबेदी

गुल्मी १ चैत । चार करोडको कारोबार गदै दोस्रो गुल्मी महोत्सव आईतबार सकिएको छ ।

‘गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन, उद्योग र व्यापार’ दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, व्यापार एबं औद्योगिक मेला २०७१ भन्ने नाराका साथ फागुन २२ गते देखि सुरु भएको दोस्रो गुल्मी महोत्सव आईतबार सकिएको हो ।

दोस्रो गुल्मी महोत्सवको समापन आईतबार एक बिशेष कार्यक्रमका बिच नेपाल सरकारका कृषि विकास मन्त्री हरि प्रसाद पराजुलीले गर्नुभएको हो ।

गुल्मी उद्योग बाणिञ्य सघंको आयोजनामा सदरमुकाम तम्घासमा दश दिनसम्म सञ्चालन भएको दोस्रो गुल्मी महोत्सवमा करिव चार करोडको कारोवार गदै सकिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै १ लाख ५० हजारभन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन । महोत्सवको आर्थिक समिती सयोजक तथा गुल्मी उद्योग बाणिज्य सघंका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले दिएको जानकारी अनुसार दोस्रो गुल्मी महोत्सव सोचेभन्दा राम्रो भएको बताउनुभयो ।

हामीले ३ करोडको आर्थिक कारोवार हुन्छ भन्ने सोचेका थियौ, तर मोटामोटी हिसाव गर्दा झण्डै ४ करोड बराबरको कारोवार भएको छ भण्डारीले भन्नुभयो–‘महोत्सवको मुख्य आकर्षण रुपमा रहेको हेलिकप्टर, त्यस्तै कृषि प्रर्दशनी, लगायत मतको कुवा, बालउद्यान, लगायत पुराना प्रबिधीको प्रर्दशनीले महोत्सव निकै प्रभावकारी र सोचेभन्दा बढी कारोवार भएको हो ।’

गुल्मी उद्योग बाणिञ्य सघंको आयोजनामा सम्पन्न भएको दोस्रो गुल्मी महोत्सवको सह आयोजकका रुपमा जिल्ला विकास समिति गुल्मी, रेसुङ्गा नगरपालिका गुल्मी र रुरु रेसुङ्गा सरक्षण तथा पर्यटन विकास समिति गुल्मी रहेका थिए ।

प्रर्वद्धकका रुपमा नेपाल उद्योग वाणिञ्य महासघं, नेपाल पर्यटन बोर्ड, कृषि मन्त्रालय, कृषि ब्यवसाय प्रवद्धन कार्यक्रम, ब्यावसायिक कृषि तथा ब्यापार आयोजना र कृषि उद्यम केन्द्र किसानका लागि बिउबिजन कार्यक्रम रहेका थिए ।

मुख्य प्रायोजक बिशेष प्रायोजक, प्रायोजक र सह–प्रायोजक सहित ३ दर्जनबढी सघं सस्थाको सहयोगमा महोत्सव सम्पन्न भएको छ ।

महोत्सवको अवसर पारेर फागुन २६ र २७ गते लुम्बिनी मेडिकल कलेज पाल्पाको सहयोगमा स्त्रीरोग, हाडजोर्नी बिशेषज्ञ, सर्जरी बिशेषज्ञ डाक्टर एबं तम्घास अस्पताल, रेसुङ्गा हस्पिटल प्रालिका डाक्टरद्धारा निसुल्क स्वाथ्य शिबिर संञ्चालन समेत गरिएको थियो ।

दोस्रो गुल्मी महोत्सवमा कृषि मेला तथा बिभिन्न घरेलु बस्तुहरु तथा बिभिन्न औधोगित बस्तुहरुको प्रदर्शन, मतकुवा पिङ्ग वाल उड्यान रमाईलो मेला, गुल्मी आईडल नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती, बिबिध साँस्कृतिक झाकीहरु, नेपालका चर्चित हाँस्यव्याग्य कलाकारहरुद्धारा हाँस्यव्यग्य प्रस्तुती, निःशुल्क स्वाथ्य शिबिर हेलिकप्टरद्धारा गुल्मी जिल्लाको रमणीय ठाउँ तथा धार्मिक स्थलहरुको दृश्य अबलोकन मुख्य आर्कषण रहेका थिए ।

गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूको प्रदर्शनी, गोरु द्धारा उखु पेल्ने, उखुबाट ताजा बिभिन्न परिकारहरु गुड, खुदो लगायत उखुको रस, त्यस्तै सिमीचौर राङवासका जनजागृति आमा समुहद्धारा चिउरी पेल्ने, तोरी पेल्ने ढिकी जातो जस्ता पुराना र लोप हुन लागेका प्रबिधीहरु समेत दर्शकहरुका आकर्षणका केन्द्र बनेका थिए ।

फागुन २२ गतेदेखि शुरु भएको महोत्सव फागुन ३० गते सकिने भनिएको भएपनि दर्शकहरुको माग अनुसार थप १ दिन बढाएर चैत १ गतेसम्मका लागि सारिएको थियो ।

२०६८ बैशाख ४ देखि ११ गतेसम्म सञ्चालन भएको प्रथम गुल्मी महोत्सव तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले गर्नुभएकाले यस पटको दोस्रो गुल्मी महोत्सवको प्रधानमन्त्री सुशील कोईरालाले गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्री उपस्थित हुन नसकेपछि नेपाल सरकारका अर्थमन्त्री रामशरण महतले फागुन २२ गते उद्घाटन गर्नुभएको थियो ।