३० आश्विन २०८३, शुक्रबार

स्थानीय जनताको पहलमा ११ किमि सडक निर्माणपछि गाउँमै गाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Road From Jomsom To Kagbeni With Dhaulagiriसल्यान, १ चैत । रुकुम र सल्यानको सिमानामा पर्ने नुवाकोट र दार्माकोट गाविसका बासिन्दाले आफ्नै लगानीमा सडक गाउँमा पु¥याएका छन् । दुई गाविसका स्थानीयवासीले करिब रु ५७ लाख ९७ हजार सङ्कलन गरी ११ किलोमिटर सडक निर्माण गरेपछि बस गाउँमै पुगेको छ ।

सडक निर्माणका लागि जिल्ला विकास समिति, गाउँ विकास समितिमा पटक–पटक योजना माग गर्दै आएका स्थानीयवासी स्थानीय निकायबाट कुनै सुनुवाइ नभएपछि आफैँले सडक निर्माण गरेको दार्माकोट–८ का खड्कबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो – “वडा नागरिक मञ्चबाट योजना छनोट भएर गाउँ विकास समिति र जिल्ला विकास समितिमा योजना पठाए पनि योजना छनोटमा कहिल्यै पनि हाम्रो माग परेन ।”

दार्माकोट वडा नं ६ ओवाङ्ख ८, गोडवाङ ७, भदालेखोला नुवाकोट १, साक्चाखोला २ विरालगाउ र ४ का स्थानीयवासीले रु ५७ लाख ९७ हजारबराबरको रकम सङ्कलन गरेका थिए ।

सडकले छुने गाउँका स्थानीयवासीले सडक निर्माणका लागि रु २२ हजारदेखि रु छ लाखसमेत सहयोग गरेका छन् । आफूहरुले गच्छेअनुसार आर्थिक सहयोग गरेको नरेन्द चन्दले जानकारी दिनुभयो ।

धेरैपटक स्थानीय राजनीतिक दलका नेताहरुलाई आफ्नो गाउँमा बाटो बनाइदिन आग्रह गरेकामा कतैबाट पनि सुनुवाइ नभएपछि स्थानीय जनता आफँैले रकम सङ्कलन गरेर सडक निर्माण गर्ने निर्णय गरेको सनी मिश्री कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो – “आफ्नै पहलमा सडक निर्माण गरौँ, सक्नेले आफ्नो हैसियतअनुसार इच्छाले रकम देउ भन्थे पत्यार लागेको थिएन । अहिले भने गाडी नै गुड्न थाल्यो ।”

पहिलोपटक नुवाकोट नाउली पुगेको ना२ख ५८४२ नम्बरको गाडीलाई स्थानीय जनताले फूलमाला तथा बाजागाजाले स्वागत गरेका थिए । रासस