२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : पाकिस्तानसामू आयरल्यान्डको २३८ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET-WC-2015-PAK-IRL

काठमाडौं १ चैत । विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आयरल्यान्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एडिलेड मैदानमा भइरहेको खेलमा टस जितेर व्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३७ रन बनाएको हो ।

आयरल्यान्डका लागि ओपनर विलियम पोर्टरफिल्डले शतक बनाए । पोर्टरफिल्डले १ सय ३१ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १०७ रन बनाए । पोर्टरफिल्डले शतकीय पारी खेलेपनि अरु व्याट्सम्यान चल्न नसक्दा पाकिस्तानलाई गतिलो रन लक्ष्य दिन सकेन् ।

पाकिस्तानका लागि वाहब रियाजले आयरल्याण्डका तीन विकेट लिए । सोहिल खान र राहत अलिले समान २–२ विकेट लिए । अहिले पाकिस्तान जवाफी व्याटिङमा छ ।