
काठमाडौं । नेपाली रजतपटतकी मोडल तथा नायिका झरना बज्रचार्य बिबाह बन्धनमा बाधिएकी छिन् ।
झरनाले भारतीय मुलका मलेसियिन व्यापारी राहुल अग्रवालसँग बिहे गरेकी हुन् ।
विगत ३ बर्षदेखि राहुलसंग प्रेममा रहेकी नायिका झरनाले बिहीबार राजधानीको सितापाइलास्थित आफ्नै निवास सितापाइलामा बिहे गरेकी हुन् ।
राहुल मलेसियाका धनाढ्य व्यवसायी हुन् । झरनाले केही महिना अगाडि अष्ट्रेलियाबाटै आफू राहलको प्रेममा रहेको खुलासा गरेकी थिईन् ।
झरना राहुलबीच चलचित्र सूटिङका क्रममा भेट भएको थियो । विहेपछि हनिमुन मनाउन झरना पतिसंगै मुस्ताङको जोमसोममा गएकी छिन् ।



















प्रतिक्रिया