काठमाडौं, १ चैत । शनिबार राति भएको खेलमा एइबरलाई २–० गोल अन्तरले पराजित गर्दै लिग लिडर बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।
यससंगै बार्सिलोनाले रियल मड्रिडसँग चार अंकको दुरी बनाएको छ । शिर्ष स्थानमा रहेको क्रिस्टियानो रोनाल्डोको रियल ४ अंकले पछि परेको छ ।
एइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३१ औं मिनेटमा लिओनल मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
मेस्सीले खेलको ५५ औं मिनेटमा दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भयो । खेलको अन्तिमतिर एइबरका फेडरिको पिओभाकरीको प्रहार बारमा लगेको थियो ।
हिजोको खेलमा विजयी भएपछि बार्सिलोनाले २७ खेलबाट ६५ अंक जोडेको छ । शिर्ष स्थानमा रहेको रियल मड्रिड ६१ अंक सहित दोस्रो स्थानमा झरेको छ ।













प्रतिक्रिया